आज शनिवार- शनिदेवकाे दर्शन गरे साेचेकाे पुग्छ, दर्शन सहित आजको राशिफल हेर्नुहाेस्

याे सामग्री सेअर गर्नुहाेस्

आजको राशिफल

मेष
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।

वृष
अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

मिथुन
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग पनि छ ।

कर्कट
एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । नजिकै घुम्न पनि पाईनेछ ।

सिंह
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध सुदृढ बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ ।

कन्या
नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

तुला
साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

वृश्चिक
आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।

धनु
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

मकर
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा सचेत हुनुपर्छ ।

कुम्भ
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

मीन
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार