मंगलवार गणेश भगवानकाे दर्शनले साेचेकाे पुरा हुन्छन्, दर्शन गर्दै हप्ताभरीकाे राशिफल हेर्नुहाेस्

साप्ताहिक राशिफल

मेष
यो साता दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । साताको मध्यबाट मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । रमाईलो यात्रा र पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

वृष
यो साता क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । शुभ समाचार सुन्न पाइएला । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । । व्यवसायका लागि यात्राको सम्भावना छ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

मिथुन
यो साता आतिथ्यपूर्ण सम्मान पाइएला । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । मध्य सातामा आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेंलो वा आकासे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।

कर्कट
यो साता आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शेयर बजार या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

सिंह
यो साता मित्रबाट विशेष सहयोग मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साताको अन्त्यमा अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो इष्टदेवको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

कन्या
यो साता शुभकार्यको चर्चा चल्नेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । मध्य साताबाट लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सपना पनि प्रतिकूल देखिन सक्छ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
यो साता समाजसेवामा मन लाग्नेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्ने र मन प्रसन्न रहनेछ । । शुभकार्यको चर्चा पनि चल्नेछ । बुधवारबाट कामहरु अधुरै रहलान् । लगानी डुव्ने भय छ अतः सचेत रहनु होला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको ध्यान गरि यात्रा आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

वृश्चिक
यो साता विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । मध्य सातामा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । सामान हराउने योग पनि छ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि यात्रा आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

धनु
यो हप्ता सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर मध्य साताबाट शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । यो साता यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
यो साता मकर राशी हुनेहरूका लागि आँटेको र ताकेको कार्य पूरा होला । बोलीको भरमा कार्य सम्पादन हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ अत: भाग्यले विभिन्न अवसर जुराउनेछ । यो साताका लागि शुभअङ्क १,५ र शुभरङ्ग रातो वा पहेंलो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कूलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कुम्भ
कुम्भ राशिलाई यो साता एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मायाँ गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ । मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ । कलकारखाना र बन्दव्यापारमा पनि फाइदा हुनेछ । यो साताका लागि शुभअङ्क ६,७ र शुभरङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महाकालीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मीन
यो साता रोकिएका अधूरा कार्य पुन: प्रारम्भ गर्न सकिएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । साताको अन्त्यमा दौडधूप गर्नु परे पनि लाभ हुनेछैन । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कालभैरवको ध्यान गरि कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्