सर्वशिद्धधाम पञ्चकाेटकाे दर्शनले तपाईका हर चाहना पुरा हुन्छ, दर्शन गर्दै राशिफल हेर्नुहाेस्

आजको राशिफल

मेष
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

वृष
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

मिथुन
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

कर्कट
मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

सिंह
चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

कन्या
कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

तुला
धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्म,कर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला ।

वृश्चिक
स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानिको वातावरण बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ ।
धनु
परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । विद्यामा सफलता पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाहान सुख पनि मिल्नेछ ।

मकर
आज स्वादिष्ट भोजन पाईनेछ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ
सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका
काम पूरा हुनेछन् ।

मीन
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्