आज पुत्रदा एकादशी, पुत्रदाको दर्शन गरे अधिक लाभ मिल्छ, दर्शन गर्दै हप्ताभरीकाे राशिफल हेर्नुहाेस्

साप्ताहिक राशिफल

मेष
यो साता रमाईलो यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शेयर बाजारबाट राम्रो सफलता मिल्ला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ र प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष
यो साता कार्य सम्पादनमा सहजता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्वआफ्नो इष्टदेवताको दर्शन गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
यो साता भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । सामान हराउने वा चोरी हुने सम्भावना पनि रहेको छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । साताको मध्यबाट रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट
यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । यो साताका लागि शुभअङ्क २,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह
यो साता कीर्तिमानी काम गर्ने समय छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभअङ्क १,४ र शुभरङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कन्या
यो साताबाट नयाँ कमको थालनी हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग घ्यूरङ्ग वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

putrada ekadashi
तुला
यो साता शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । बुधवारबाट घरमा अतिथीको आगमन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिक
यो साता सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । रमाइलो यात्राको योग रहेको छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । साताको अन्त्यमा अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले राम्रो हुनेछ ।

धनु
यो हप्ता रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर
यो सातामा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । सवारी साधन खरिद गर्ने योजना बन्नेछ । प्रेममा मधुरता समेत छाउनेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग पर्पल वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
यो साता कार्यसिद्धि हुने अवसर मिल्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ । गरेको काममा प्रशंसा, बढुवा वा उन्नतिको प्रयास सफल हुनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध प्रागड समेत हुने समय छ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

मीन
यो सातामा नयाँ पद र जिम्मेवारी पाइएला । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ़नतले सहयोग गर्नेछन् । मध्य सातामा आफ्नो कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्