१७ वर्षीय किशाेरले गरेका थिए ओबामालगायत सेलिब्रेटीकाे ट्वीटर ह्याक

केही समयअघि पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडनलगायत अमेरिकी सेलिब्रेटी व्यक्तिका ट्विटर अकाउन्ट ह्याक भयाे ।

शीर्ष राजनीतिज्ञ, धनाढ्य र कला क्षेत्रका एकसे एक सेलिब्रेटीका ट्विटर ह्याक भएपछि यो घटनाले तरंग ल्याएको थियो । ट्वीटरका सञ्चालकहरुले कसले ह्याक गरिरहेकाे छ भन्ने कुरा कसैले पत्ता लगाउन सकिरहेका थिएनन् ।

उक्त ह्याकिङमा रूस, इरान र उत्तर कोरियाका व्यवसायिक ह्याकर संलग्न भएको हुन सक्ने आशंका पनि गरएकाे थियाे तर बेलायतका भर्खरका युवाहरूले उक्त ह्याक गरेको फेला पारेकाे छ ।

ह्याक गर्नेमध्ये एक फ्लोरिडाका १७ वर्षीय युवक थिए । भर्खरै माध्यमिक विद्यालयको पढाइ सकेका ग्राह्म इभान क्लार्कलाई फ्लोरिडाका अधिकारीहरूले शुक्रबार टाम्पा अपार्टमेन्टबाट पक्राउ गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

क्लार्कविरूद्ध ह्याकसम्बन्धी जघन्य अपराधका अभियोग लगाइएको छ ।

गत अप्रिलमा सेक्रेट सर्भिसका अधिकारीहरूले उनीबाट सात लाख डलर बराबरको बिटक्वाइन पनि बरामद गरेको थियो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्