२ कराेड ५५ लाखमा बिक्याे महात्मा गान्धीकाे चश्मा

महात्मा गान्धीको चश्मा २ करोड ५५ लाख भारतीय रूपैयाँमा लिलाम भएको छ। एक अमेरिकी संकलकले खरिद गरेका हुन् ।

लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले उक्त चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ।

एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १५ हजार पाउण्ड प्राप्त गर्ने आशा राखिएको थियो । चश्माका मालिक  म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन् ।

गान्धीलाई यो चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएको बीबीसीमा प्रकाशित समाचारमा जनाइएको छ।

बेलायतका एक अज्ञात ज्येष्ठ नागरिकको परिवारसँग यो चस्मा थियो । बिक्रेतालाई उनका पिताले उक्त चस्मा उनका काकालाई गान्धीले उपहार दिएको बताएका थिए । १९१० देखि १९३०को अवधिमा उनी अफ्रिकामा ब्रिटिस पेट्रोलियममा काम गर्थे । त्यही अवधिमा गान्धीले उनलाई चस्मा उपहार दिएकाे विश्वास गरिएकाे छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्