अनियन्त्रित भएको चिनियाँ रकेट हिन्द महासागरमा खस्यो, पृथ्वीमा ठुलाे दुर्घटना टर्याे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २६ बैशाख २०७८ ।

अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खसेको छ । २१ टन क्षमताको लङ मार्च फाइभ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको हाे ।

याे संगै पृथ्वीमा ठुलाे दुर्घटना टरेकाे बीबीसीले जनाएको छ । यस अघि रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने अनुमान् गरिएको भए पनि हिन्द महासागरमा खसेको चिनियाँ अधिकारीले बताएका छन् । भग्नावशेषको धेरैजसो भाग भने पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै नष्ट भएको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

सन् १९९० यता १० टनभन्दा बढी तौल भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खसेको यो पहिलो पटक हो । यो रकेटलाई चीनले अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो । अप्रिल २९ तारिखदेखि रकेटको इन्धन सकिएको र अन्य प्राविधिक समस्याका कारण नियन्त्रण बाहिर गएको समाचारमा उल्लेख छ ।  घटनामा मानवीय क्षति भएकाे छैन ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार