कस्ताे निर्मम् घटना ? फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुडाइयाे, १५ जनाकाे मृत्यु

भारत, ६ माघ २०७७ ।

भारतको गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचार क्रममा ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीकाअनुसार ज्यान गुमाउने सबै मजदुर राजस्थानको बांसवाडा जिल्लाका हुन् । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उखु लोड गरेको ट्र्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको भारतीय प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई/दुई लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको छ । यस्तै, गुजरातका मुख्यमन्त्री विजय रुपाणिले पनि पीडित परिवारलाई दुई/दुई लाख रुपैयाँ दिने बताउनु भएको छ । उज्यालाे अनलाइनबाट साभार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्