अजरबैजान–अर्मानियाको युद्धः क्षाेत्रिय युद्धमा परिणत हुनसक्ने इरानकाे चेतावनी

हाम्राेप्रयास । इरानले आफ्नो छिमेकी देश अजरबैजान र अर्मानियाबीच नयाँ ढङ्गले सुरु भएको यो लडाईं व्यापक रुपमा क्षेत्रीय युद्ध बढाउन सक्ने चेतावनी दिएको छ ।राष्ट्रपति हसन रुहानीले विवादित नागोर्नो–काराबाख इलाकाको विषयमा भएको भारी संघर्षपश्चात् यो क्षेत्रमा स्थिरता बहाल हुने उनलाई आशा भएको बताएका छन् ।

यो इलाका औपचारिक रुपमा अजरबैजानको हिस्सा हो तर यसलाई अर्मेनियाली समुदायका मानिसहरुले चलाउँछन् ।हालको युद्ध पछिल्ला केही दशकको सबैभन्दा खराब युद्ध मानिएको छ र दुबै देशले एक–अर्कामाथि हिंसाको सुरुवात गरेको आरोप लगाइरहेका छन् ।

राष्ट्रपति रुहानीले भने, ‘हामी सजग रहनुपर्छ कि अजरबैजान र अर्मानियाको यो लडाईं यो इलाकाको लडाईं नबनोस् । शान्ति हाम्रो आधार हो र हामी शान्तिपूर्ण तरिकाले क्षेत्रमा स्थितरता बहाल गर्ने आशा राख्छौं ।’

इरानलाई अस्विकार्यः

रुहानीले इरानको माटोमा गल्तीपूर्वक पनि मिसाइल वा गोला खसे आफूलाई यो पूर्ण रुपमा अस्विकार्य भएको बताए ।

वास्तवमा केही रिपोर्टले अर्मानिया र अजरबैजानको सीमा नजिकै भएको इरानका केही गाउँमा गोला खसेको पाइएको जानकारी दिएको छ ।

इरानी राष्ट्रपती हसन रुहानी

रुहानीले भने, ‘हाम्रो प्राथमिकता हाम्रो शहर र गाउँको सुरक्षा हो ।’

तसमीन न्यूज एजेन्सीसँगको कुराकानीमा इरानी बोर्डर गार्डस्का कमान्डर कासम रेजाईले भने, ‘जब यो संघर्ष सुरु भयो तब केही तोपका गोला र रकेट इरानको इलाकामा आएर खस्यो । यसलाई मध्यनजर गर्दै इरानको सेनालाई यो लडाईंको क्रममा आवश्यक गठनमा राखिएको थियो ।’

‘हाम्रो सैनिक सतर्क छन् र उनीहरु सीमामा पूरा निगरानी र त्यसमाथि नियन्त्रण राखेका छन् ।’

के के भइरहेको छ ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार यो लडाईंलाई त्रासदी बताउँदै यसलाई समाप्त गर्न आह्वान गरेका छन् ।

उनले एक टेलिभिजन साक्षात्कारमा भने, ‘हामी निकै चिन्तित छौं । हामीलाई आशा छ कि केही समयभित्र यो संघर्ष समाप्त हुनेछ । मानिसहरु मारिदैछन् । दुबै देशको ठूलो क्षती भइरहेको छ ।’

राष्ट्रपति पुटिनले अजरबैजानका राष्ट्रपति इल्हाम अलियेवसँग बिहिबार फोनमा कुराकानी गरेको जानकारीमा उल्लेख छ ।

रुस अर्मानियाका साथै सैन्य गठबन्धको हिस्सा हो र यो देशमा रुसको एउटा सैन्य बेस पनि छ । यद्यपि, रुसको अजरबैजानसँग नजिकको सम्बन्ध छ ।

अमेरिका, फ्रान्स र रुसले संयुक्त रुपमा नागोर्नो–काराबाखमा लडाईंको निन्दा गर्दै शान्ति वार्ता गर्न आग्रह गरेका छन् । यद्यपि, संघर्ष समाप्त हुने कुनै संकेत देखिएको छैन ।

संघर्षका कारण एक्लो हुँदै शहरः

अजरबैजानका अनुसार लामो समयदेखि विवादित क्षेत्र नागोर्नो–काराबाख स्थिती निकै राम्रो छ किनभने उसँग धेरै गोला बारुद र उच्च कोटीको हतियार छ । अहिलेसम्म त अजरबैजान यो इलाकामा राम्रो स्थितीमा छ तर सीमावर्ती क्षेत्र नजिकैको अर्मानियाली बलको तर्फबाट गोलीबारी गरिँदैछ ।

अजरबैजानको टारटर शहर जसको सीमा नागोर्नो–काराबाखसँग जोडिन्छ, त्यो एक भूताहा इलाकामा परिवर्तन भइसकेको छ । यहाँ सामान्यतयाः एक लाख मानिसहरु बस्दथे तर यी सबै शहर छोडिसकेका छन् । मुख्य सडक खाली छन् र टुटेका सीसा र छर्राले भरिएका छन् । बन्द पसलका सटर र छत पूर्ण रुपमा उडिसकेका छन् ।

हामीले केही परिवारलाई जमिन मुनि बनेको शेल्टरमा देख्यौं । छोरा–छोरी अजरबैजानको सेनामा भएका र सीमामा लडिरहेकी एक वृद्धा जीतको प्रतिक्षा गरिरहेकी छिन्  ।

उनको सात महिनाको नाती उनको काखमा थियो । उनका अनुसार गोलीबारीको आवाजमा उनको नाती डराउँदैनन्, उनलाई यसको बानी परिसकेको छ ।

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्