कोरोना विमाबाट पाएको रकम जैमिनी सस्कृत पाठशालालाई सहयोग

याे सामग्री सेअर गर्नुहाेस्

सुवास आचार्य
बागलुङ, ९ बैशाख २०७८ ।

बागलुङको एक सहकारीका कर्मचारीले कोरोना विमा मार्फत पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गर्नुभएको छ । बागलुङको सिवाईसी वचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना विमा बापत पाएको रकम मध्ये २५ हजार जिल्लाको जैमिनी नगरपालिका २ को जैमिनि सस्कृत आधारभूत पाठशालालाई सहयोग गर्नुभएको हो ।

पाठशालामा आयोजित कार्यक्रममा सहयोग रकमको २५ हजार वराबराको चेक न्यौपाने र सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद सापकोटा र पाठशालाका प्रधानाध्यापक दिपक न्यौपाने लाई हस्तान्त्रण गर्नु भएको थियो । सो अवसरमा वोल्दै सिवाईसी वचत तथा ऋण सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले नेपाली भाषाको जननीका रूपमा संस्कृतलाई लिने गरिएकोले सस्कृत भाषाको संरक्षण गर्नुपर्ने वताउनु भयो ।

सस्कृत पाठशाला अनुशाशीत विद्यार्थी उत्पादन गर्ने केन्द्र भएपनि सस्कृत शिक्षा प्रति आकर्षण कम हुनु  दु:खद् पक्ष भएको वताउनुभयो । सहयोग रकम संस्थागत गर्न सघाउने उद्देश्यले पौडेलले सहकारीमा शेयर सदस्य बन्न लाग्ने नगद ४ हजार सहयोग हस्तान्त्रण गर्नु भएको थियो ।

सहयोग दाता न्यौपानेले कोभिड विमा मार्फत प्राप्त गरेको रकम कोरोना बाट प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले पाठशालामा सहयोग गरेको बताउनु भयो । देशका विभिन्न जिल्लाका २३ जना विद्यार्थीले आवसिय सुविधा सहित अध्ययन गर्ने विद्यायमा अक्षयकोष निर्माणमा सघाउने उद्देश्यले सहयोग गरेको उहाँको भनाई छ । सस्कृत भाषाको संरक्षण होस् भन्ने उद्देश्यले आफुले सहयोग गरेको न्यौपानेले वताउनु भयो ।

न्यौपानेले गरेको सहयोग रकम बाट पाठशालामा अक्षयकोष निर्माण गर्ने पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद सापकोटाले बताउनु भयो । विभिन्न दाताहरुको सहयोगकै भरमा पाठशाला सञ्चालन भैरहेकोले सहयोगलाई सस्थागत र दिको बनाउन अक्षयकोष निर्माण गर्ने सापकोटाले बताउनु भयो


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार