जैमिनीमा जेष्ठ नागरिकहरु नगद सहित सम्मान, १ सय २ बर्षका बृद्धा समेत उपस्थित

बागलुङ। १६ असोज २०७८ ।

जैमिनी नगरपालिकाले नगरपालिकाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसमा बागलुङको जैमिनी नगरपालिकाले जेष्ठ नागरिकहरुलाई नगद सहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा ८८ देखि १ सय २ बर्ष उमेर समुहका बृद्धबृद्धा रहेका छन् । नगरपालिकाका सबैभन्दा जेष्ठ नागरिक जैमिनी नगरपालिका ९ पैञ्युँथन्थापका नारायण सिंह थापा सहित सबै वडाबाट एक÷एक जना जेष्ठ नागरिकलाई सम्मान गरिएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

जेष्ठ नागरिकहरु हाम्रा मार्गदर्शक भएकाले उहाँहरुको सम्मान गर्नुपर्ने भन्दै नगर प्रमुख पौडेलले आफ्ना आमाबुबालाई कसैले पनि अपमानजनक व्यावहार नगर्न आग्रह गर्नुभयो ।

नगरपालिकाले जेष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर नगद र प्रमाण–पत्र सहित सम्मान गरेको छ ।

याे सामग्री सेयर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार