जैमिनीमा तीन दिने कृषि तथा पशुपालन व्यवस्थापन तालिम सम्पन्न

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १३ माघ २०७८ ।

बागलुङको जैमिनीमा तीन दिने कृषि तथा पशुपालन व्यवस्थापन तालिम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको बार्षिक कार्यक्रम अन्तरगतबाट नगरपालिकाका व्यवसायिक कृषिकहरुलाई तीन दिने तालिम दिइएको हो ।

प्रत्येक वडा बाट २ जना कृषि र २ जना पशु व्यवसाय गर्ने कृषकहरु गरी १० वटा वडाका ४० जना कृषकहरुलाई तालिम दिइएको जैमिनी नगरपालिकाका पशु शाखा प्राविधिक कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो । १० गते जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले उद्घाटन गरेर सुरु भएको तालिम बुधबार जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले प्रमाणपत्र हस्तान्तरण गरेर सम्पन्न भएको छ ।

कार्यक्रमको अवसरमा अधिकृत कोइरालाले राम्रो कृषि अभ्यास अर्थात गुड एग्रिकल्चर प्राक्टिसको बारेमा जानकारी दिँदै सबै कृषकहरुले उत्पादन र व्यवसायिक कृषि गर्नुपर्नेमा जोड दिनुभयो । गुड एग्रिकल्चर प्राक्टिस भनेको बाह्य उत्पादन बिक्रि नभई खेतिमा नै उत्पादन गर्ने र उत्पादक देखि उपभोक्तासम्म सिधा सम्पर्क गराउने अभ्यास रहेकाले यो अभ्यासलाई अनुसरण गर्न उहाँले आग्रह गर्नुभयो ।

तालिमको अवसरमा जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर विकले योजना, नीति निर्माण र कार्य सम्पन्नताको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । तालिमको अवसरमा कृषकहरुलाई तरकारी तथा फलफुल खेति, नर्सरी, पशु बीमा, पशु पालन तथा व्यवस्थापन, घाँसको व्यवस्थापन तथा उत्पादन लगाएतका बिषयमा जानकारी गराइएको थियो ।

तीन दिने तालिममा जैमिनी नगरपालिकाका पशु प्राविधिक कृष्ण प्रसाद ढकाल, नेत्र आचार्य, कृषि शाखा अधिकृत अमृता शर्मा, प्रमिला शर्मा लगाएतले प्रशिक्षण दिनुभएको थियो । तालिम पश्चात कृषकहरुले अबका दिनमा कृषि व्यवसाय गर्न थप ज्ञान बढेको भन्दै आगामी दिनमा पनि यस्ताखाले तालिमहरु निरन्तर हुनुपर्ने बताएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार