नेपाल टेलिकमको गुणस्तरहिन सेवाले कुश्मिसेरावासी हैरान, मोबाइल र ईन्टरनेटमा समस्या

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २५ माघ २०७८ ।

नेपाल टेलिकमको गुणस्तरहिन सेवाले कुश्मिसेरावासी हैरान भएका छन् । नेपाल टेलिकमको एडिएसएल ईन्टरनेट र मोबाइल सेवाको सेवा गुणस्तर नहुँदा सेवाग्राहीहरु चिन्तित भएका हुन् ।

कुश्मिसेरा बजारमा तीन बर्ष अघि देखि ल्यण्डलाईन टेलिफोन सेवा र एडिएसएल ईन्टरनेट सेवाको बिस्तार भएपनि सेवा गुणस्तर हुन नसकेको बजारवासीहरुको गुनासो छ । टेलिकममा पटक पटक जानकारी गराएपनि समस्या समाधान नभएको भन्दै बजारवासीहरुले नेपाल टेलिकमको मोबाइल सेवामा समेत गुणस्तर नभएको बताएका छन् ।

फोन गर्दा समयमा नेटवर्क नटिप्ने, बोल्दा बोल्दै नेटवर्क हराउने, फोनमा कुरा गर्दा नबुझिने समस्या आएको भएपनि नेपाल टेलिकम बागलुङले कुनै सुनुवाई गरेको छैन । यस्तै टेलिकमको एडिएसएल ईन्टरनेट पनि निकै सुस्त गतिमा चल्ने र बेलाबेलामा चल्नै छोड्ने समस्या रहेको छ । टेलिकमको यस्तो सेवाका कारण कतिपय आकस्मिक कामहरु समेत प्रभावित बन्ने गरेको बजारवासीहरुले गुनासो गरेका छन् ।

सामान्य डकुमेन्टहरु ईमेलमा पठाउँदा पनि जान समय लाग्ने, केहि सामग्री डाउनलोड गर्दा समय लाग्ने र बिचमा नै टुट्ने समस्या रहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार