जैमिनीमा कुनै उम्मेदवार प्रति दावी विरोध परेन, वडाध्यक्षका लागि ४ गुणा बढी उम्मेदवारी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १४ बैशाख २०७९ ।

बागलुङको जैमिनीमा कुनै उम्मेदवार प्रति दावी विरोध परेको छैन । बैशाख ३० गते हुने स्थानीय चुनावका लागि मनोनयन दर्ता गराएका १ सय ४८ जनामध्ये कसै विरुद्ध पनि उजुरी नपरेको हो ।

बैशाख ११ र १२ गते जैमिनी नगरपालिकाको नगर प्रमुख, उप प्रमुख, वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलीत महिला सदस्य पदको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा १३ गते मंगलबार दावी विरोध तथा उजुरी दिने कार्यतालिका भएपनि कसैको विरुद्धमा उजुरी नआएको जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो । उजुरी दिनको लागि आवश्यक प्रमाण जुटाउनुपर्ने र उजुरीकर्ताको गोपनीयता नरहने भएकाले पनि सहज रुपमा उजुरी नआउने उहाँको भनाई छ ।

जैमिनीमा प्रमुख पदका लागि ६ जना, उप प्रमुखको लागि ५ जना र १० वटा वडाका वडाध्यक्ष पदका लागि ३९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । जैमिनीमा ५ पार्टीबिच गठबन्धन भएपनि स्वतन्त्रबाट मात्रै वडाध्यक्ष पदका लागि ११ वटा उम्मेदवारी परेको छ । वडा नं ४ र ९ को वडाध्यक्षको लागि भने स्वतन्त्र उम्मेदवारी नपरेको निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो ।

बुधबार मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निणर्य गर्ने कार्यतालिका रहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार