बागलुङकाे सर्कुवामा हावाहुरीले घरवास उठायाे, सहयोग गर्न एक परिवारकाे अपिल

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ७ जेठ २०७९ ।

सर्कुवामा हावाहुरीले घरवास उठाएपछि एक परिवारले सहयोगको अपिल गरेको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं ४ सर्कुवा, गाँव स्थित टुहुरेचौरकी कुमारी विकको घरमा हावाहुरीले क्षति पुर्‍याएपछि उहाँले सहयोगको अपिल गर्नुभएको हो ।

यहि जेठ २ गते आएको हावाहुरीले टुहुरेचौरको आधा दर्जन भन्दा बढी घरमा क्षति पुर्‍याएको र विकको घरको छाना भत्किएर बस्नै नमिल्ने भएको गाँवका शिक्षक पेम थापाले जानकारी दिनुभयो । उहाँको श्रीमानको ७ बर्ष अघि नै मृत्यु भैसकेको र कुमारीको दुवै खुट्टा फ्याक्चर भएकाले उहाँको घर मर्मत र उपचारको लागि सहयोगको अपिल गरिएको शिक्षक थापाले बताउनुभयो ।

उहाँका ५ छोरी र २ छोरा गरी ७ जना सन्तान रहेका छन् । तीमध्ये ३ वटी छोरीको बिहे भएको र २ छोरा भारत गएको तर घर खर्च पठाउने नगरेको पीडित विकले बताउनुभयो । अहिले उहाँसँग २ छोरीहरु रहेका छन् । उनिहरु पनि सानै रहेको र पढ्दै गरेकाले उनिहरुलाई कापी कलम जुटाउन समेत धौ धौ परेको उहाँको दुखेसो छ ।

उहाँलाई सहयोग गर्न चाहनेहरुले प्रेम बहादुर थापाको नाममा रहेको ग्लोवल आइएमई बैंक कुश्मिसेरा शाखाको खाता नम्बर ४५०८०१००००१०५ मा रकम जम्मा गरिदिनुहुन आग्रह गरिएको छ । थप जानकारीको लागि प्रेम थापाको मोबाइल नम्बर ९८४७६३०९४४ मा सम्पर्क गर्न सकिनेछ । मोबाइल एपबाट क्युआर कोड स्क्यान गरेर रकम पठाउन चाहनुहुनेले तलको क्युआर स्क्यान गर्न सकिन्छ ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार