प्रदेश सासद सुवेदीद्वारा सयपत्री युवा क्लव देवलधाराको मुल समारोह उद्घाटन

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २४ पुस २०७९ ।

सयपत्री युवा क्लव देवलधाराको ७ औं बार्षिकोत्सव तथा पुसे मेलाको मुल समारोह उद्घाटन भएकाे छ । शनिबार गण्डकी प्रदेशका प्रदेश सांसद डिल्लीराम सुवेदीले मूल समारोहको सम्बोधन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका बागलुङ क्षेत्र नं १ प्रदेश सभा ख का सांसद सुवेदीले गाउँ गाउँमा उत्पादनमूलक क्षेत्रहरु पहिचान गरी लगानी गर्नुपर्ने बताउनुभयो । शहरबाट बिभिन्न खाद्यवस्तु गाउँ भित्रिँदा गाउँको पैसा बाहिर जाने भएकाले गाउँबाट पनि उत्पादित वस्तुहरु निर्यात गर्ने वातावरण सिर्जना गर्नुपर्ने भन्दै उहाँले स्थानीय वस्तुहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

आफ्नो कार्यकालमा इमानदारी पूर्वक जनताको सेवा गर्ने भन्दै सांसद सुवेदीले विकास निर्माणमा पनि सक्दो पहल गर्ने प्रतिवद्धता गर्नुभएको छ ।

भव्य कार्यक्रम गरी मनाउन लागिएको मेलाको अवसरमा ८१ हजार १ सय ११ रुपैयाँ राशीको साविक वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता लगाएतका कार्यक्रमहरु पनि सञ्चालन भैरहेको छ । आज समापन समारोहका दिन नेपाली कांग्रेसका महा समिति सदस्य तथा पूर्व त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति भिम श्रीसले कार्यक्रमको सम्बोधन गर्नुहुने छ ।

खेलकुद क्षेत्रमा युवाहरुलाई जागरुक गराउनका लागि सयपत्री युवा क्लवको माध्यामबाट आफूहरुले काम गरिरहेको अध्यक्ष दल बहादुर श्रीस रानाले बताउनुभयो । युवा शक्तिहरुलाई कुनै न कुनै तवरबाट परिचालन गर्न र नेतृत्वमा पुराउन सके देशमा नै बस्ने वातावरण बन्ने र देश विकासमा समेत योगदान हुने उहाँको भनाई छ । कार्यक्रमको अवसरमा लोक तथा दोहोरी गायक कृष्ण अखेली, दोहोरी गायीका नविना सुवेदी, आधुनिक गायक सन्तोष बत्स्याल, गायक बिमल शर्मा, बादल विक लगाएतले सांगीतिक प्रस्तुति राखेका थिए ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार