हरिहर मन्दिर शिवपुरीमा भक्तजनहरुको भिड, श्रीमद भागवत महायज्ञ अहिले पनि जारी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ६ फागुन २०७९ ।

हरिहर मन्दिर शिवपुरीमा भक्तजनहरुको भिड लागेको छ । बागलुङको जैमिनी नगरपालिका २ दमेक स्थित शिवपुरीमा रहेको हरिहर मन्दिरमा भक्तजनहरुको भिड लागेको हो ।

शिवरात्रीको अवसर र मन्दिरमा चलिरहेको महायज्ञका कारण मन्दिरमा उल्लेख्य दर्शनार्थीहरुको उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । गत फागुन १ गते देखि मन्दिर परिशरमा श्रीमद भागवत त्रान महायत्र सञ्चालन भैरहेको छ ।

जैमिनी संस्कृत आधारभूत पाठशाला र हरिहर मन्दिर शिवपुरी दमेकको आयोजनामा सञ्चालित भागवत ज्ञान महायज्ञमा वाचन पण्डित भुवन रेग्मी ज्यूले कथावाचन गरिरहनुभएको छ । मन्दिरमा संगीतमय कथा प्रवचनका साथै आरती र भजन किर्तन समेत चलिरहेको छ ।

भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै मन्दिर व्यवस्थापन समितिले सहज पुजाआजाको प्रवन्ध मिलाएको छ भने प्रसादी भोजनको समेत प्रवन्ध गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार