भोलिदेखि हाडीकोट टापुमा “चौथो हाडीकोट महोत्सव” हुँदै, मुल समारोह २२ गते

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १६ फागुन २०७९ ।

बागलुङको पर्यटकीय स्थल हाडीकोट टापुमा चौथो हाडीकोट महोत्सव हुने भएको छ । जैमिनी नगरपालिका १० राङ्खानीमा अवस्थित हाडीकोट टापुमा फागु पुर्णिमाको अवसर पारेर महोत्सव गर्न लागिएको हो ।

हाडीकोट सामुदायिक विकास केन्द्र राङ्खानीको आयोजनामा संस्थाको २२ औं बार्षिकोत्सव तथा चौथो हाडीकोट महोत्सव गर्न लागिएको अध्यक्ष रोशन थापाले जानकारी दिनुभयो । यहि फागुन १७ गतेदेखि २२ गतेसम्म विविध कार्यक्रम गरी संस्थाको बार्षिकोत्सव तथा महोत्सव सञ्चालन गर्ने तयारी भएको उहाँको भनाई छ ।

महोत्सवको अवसरमा पुरुष भलिवल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता र नृत्य प्रतियोगिता लगाएत बिभिन्न संस्कृतिक कार्यक्रमहरु रहनेछन् । महोत्सवमा स्थानीय कला संस्कृतिको प्रस्तुतिका साथै स्थानीय परिकारहरु पनि प्रदर्शनी गरिने छ ।

जैमिनीको पहिचानकाे रूपमा रहेकाे हाडीकोटको प्रचार प्रसार गर्न यस्ताखाले मेला महाेत्सवले सहयोग गर्ने अपेक्षा लिइएकाे छ । फागुन २२ गते फागु पुर्णिमाको दिन महोत्सवको मुल समारोहको आयोजना गरिएको आयोजक संस्था हाडीकोट सामुदायिक विकास केन्द्रले जनाएको छ ।

हाडीकोट टापु २ हजार १ सय ९५ मिटर अग्लो स्थानमा अवस्थित छ । यहाँबाट बागलुङ जिल्लाका बिभिन्न स्थान सहित बुटवल सम्मको स्थान सजिलै देख्न सकिन्छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । बागलुङ सदरमुकाम बागलुङ बजारबाट ३० किलाेमिटर दक्षिणतर्फ लागेपछि यहाँ पुग्न सकिन्छ । यस स्थानमा पुग्नका लागि बरेङ हुँदै पनि यातयातकाे सुविधा रहेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार