समृद्धि क्षेत्रीलाई हाम्रो जैमिनी संस्थाको सहयोग

याे सामग्री सेअर गर्नुहाेस्

सन्ध्या आचार्य
बागलुङ, ६ बैशाख २०८० ।

जैमिनी नगरपालिकामा रहेको हाम्रो जैमिनी सस्थाले राहत रकम प्रदान गरेको छ । निरन्तर सामाजिक सेवा गर्दै आइरहेको सस्थाले जैमिनी नगरपालिका ३ दमेक निवासी भिम बहादुर क्षेत्री र सकुन्तला क्षेत्रीकी ९ बर्षीय छोरी समृद्धि क्षेत्रीको उपचारको लागि रु ३० हजार १५ रुपैयाँ प्रदान गरेको हो ।

सस्थाले बुधबार समृद्धिकी आफन्त रिना थापा क्षेत्रीलाई भेटेर सहयोग रकम प्रदान गरेको संस्थाका सचिव राम पौडेलले जानकारी दिनुभयो । बुधबार सस्थाका अध्यक्ष कमल नेपाली, सचिव राम पौडेल र सस्थापक अध्यक्ष छायादत्त चापागाईले नगद रकम हस्तान्तरण गर्नुभएको थियो ।

समृद्धि क्षेत्रीको कलेजोमा मासु पलाएर हाल भारतको नयाँ दिल्लीमा रहेकाे अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचार भैरहेको छ । उपचारमा धैरै खर्च लाग्ने र परिवारको आर्थिक अवस्थाले उपचार सम्भव नहुने भएपछि परिवारले सबैलाई सहयोगको लागि अपिल गरेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार