Breaking News: जैमिनीको पैयुँमा चट्याङ पर्दा एकजना घाइते, बाख्रा र भैँसी मरे

बागलुङ, ३ फागुन २०७७ ।

बागलुङको जैमिनी नगरपालिका ९ पैयुँमा चट्याङ पर्दा १ जना घाइते भएका छन् । पैयुँथन्थाप बिजुवाको सावली भन्ने ठाउँमा आज साँझ चट्याङ पर्दा १ जना घाइते भएका हुन् ।

स्थानिय लेक बहादुर घर्तिको घरमा परेको चट्याङले उहाँकी ३५ बर्षीय श्रीमती घाइते भएको जैमिनी नगरपालिका ९ नं वडाका वडाध्यक्ष विरेन्द्र थापाले जानकारी दिनुभयो । घाइते घर्तिलाई थप उपचारको लागि बागलुङ पठाइएको छ भने उहाँको १ भैसी र २ वटा बाख्रा समेत मरेको वडाध्यक्ष थापाले बताउनुभयो ।
घर्तिको घरमा समेत क्षति पुगेको छ ।

यस्तै सोमबार साँझ परेको चट्याङले पैयुँथन्थापकै नियालीखर्कमा २ बाख्रा मरेको छ । चन्द्र बहादुर घर्तीको २ वटा बाख्रा मरेको र उहाँको सहित नविन घर्तिको घरमा क्षति पुगेको छ ।

सोमबारको चट्याङले पैयुँथन्थापमा १ जना घाइते हुनुका साथै १ वटा भैँसी, ४ वटा बाख्रा र ३ घरमा क्षति पुगेको जानकारीमा आएको अध्यक्ष थापाको भनाई छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्