जैमिनीमा कोरोना खोप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

बागलुङ २२ फागुन २०७७ ।

जैमिनी नगरपालिकामा पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । समितिका संयोजक तथा जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलको अध्यक्षतामा भोलिदेखि सुरु हुने खोप अभियानको बारेमा छलफल भएको हो ।

नेपाल सरकारले पहिले ५५ बर्षमाथीका नागरिक, शिक्षक, सवारी चालक लगाएतलाई खोप दिने भनेपनि पूर्ण डोज खोप नआएकाले अहिले ६५ बर्षमाथि उमेर समुहका नागरिकहरुलाई मात्र खोप दिन लागरिएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।

भोलिदेखि सुरु हुने खोप अभियानको अनुगमन, आवश्यक तयारी, समन्वय लगाएतको बिषयमा शनिवार छलफल गरिएको छ । जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र सहित नगरपालिकाका १० वटै वडामा रहेका स्वास्थ्य चौकीबाट खोप अभियान सुरु गरिने संयोजक आचार्यले बताउनुभयो ।

जैमिनी नगरपालिकाको लागि जम्मा ९ सय ९४ भाइल अर्थात १ हजार ९ सय ४० जनालाई पुग्ने मात्रै खोपको डोज आएको अवगत गराउँदै आचार्यले नगरपालिका भरीका ज्येष्ट नागरिकहरुको लागि पनि खोप पर्याप्त नभएको जानकारी दिनुभयो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे पनि पढ्नुहाेस्

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्