कुश्मिसेरामा विद्युत समस्या हुँदा व्यवसायी मर्कामा, भाेल्टेज गडबढले मिटरवक्स जले

बागलुङ, २५ माघ २०७७ ।

कुश्मिसेराकाे विद्युतमा पटक पटक समस्या हुँदा व्यवसायीहरू मर्कामा परेका छन् । बागलुङकाे जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारमा पटक पटक विद्युतमा समस्या आउँदा ग्राहक तथा व्यवसायीहरु मर्कामा परेका हुन् ।

भोल्टेज घटबढ गरेर आउने र विद्युतीय सामग्रीहरु समेत जल्ने समस्या भोगिरहेका कुश्मिसेरा वासीहरुले ३ दिनदेखि राम्रोसंग विजुली बाल्न नपाएको गुनासो गरेका छन् ।

शुक्रबार रातिदेखि लाइन डिम आएपनि के समस्या भएको हो भन्ने पत्ता लगाउनै कठिन भएको प्राविधिक वसिर मियाँले जानकारी दिनुभयो ।

विजुलीकै कारण कुश्मिसेरामा कृषि तथा पशुपक्षी फार्म सञ्चालन गर्नुभएका यम पसनको मिटरवक्स जलेको उहाँको भनाई छ ।

विद्युतको अनियमितताले गर्दा राम्रोसंग व्यवसाय गर्न नपाएको कुश्मिसेरामा पाउरोटी व्यवसाय सञ्चालन गर्नुभएका शिव भण्डारीले गुनासो गर्नुभयो ।

काम गर्दागर्दै विजुली अनियमित हुँदा मेसिनहरुमा समेत समस्या आउने डर भएको उहाँको भनाई छ ।

पटक पटक समस्या आउँदापनि विद्युत प्राधिकरण बागलुङ तथा स्थानिय सरकारले चासो नदिएको कुश्मिसेरा वासीहरूले गुनासो गरेका छन् ।

ट्रान्सफर्मरमा समेत केही समस्या देखिएकाले विद्युतमा समस्या आएको प्राविधिक मियाँको भनाई छ । विद्युतको भोल्टेज अनियमित हुँदा जैमिनी नगरपालिकामा अवस्थित शुभेक्षा एफ एम ९६.६ मेगाहर्जको समेत ट्रान्समिटर जलेको थियो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्