जैमिनीको हाँडिकोटमा दोश्रो हाँडिकोट महोत्सव, आज जिवन शर्मा र प्रकाश सपुत सहितकाे प्रस्तुति

बागलुङ, १५ चैत २०७७ ।

जैमिनीको हाँडिकोटमा दोश्रो हाँडिकोट पर्यटन महोत्सवकाे आज  मुल समाराेह हुने भएकाे छ ।  होली पर्वको अवसरमा चैत १० गते मंगलवार देखि सुरू भएकाे महाेत्सव आज सकिन लागेकाे हाे ।

हाँडिकोट सामुदायिक विकास केन्द्रको आयोजनामा भएकाे महोत्सवमा जनवादी गायक जिवन शर्मा, चर्चित लाेक दाेहाेरी गायक प्रकाश सपुत लगाएत स्थानीय कलाकारहरूकाे पनि बेजाेड प्रस्तुति रहने  संस्थाका अध्यक्ष नगेन्द्र थापाले जानकारी दिनुभयो ।

कार्यक्रमको अवसरमा पुरुष र महिला भलिवल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता लगाएतका खेलहरूको समेत आयोजना गरिएको थियाे ।

बागलुङ जिल्लाको दक्षिणीभेग जैमिनी नगरपालिका १० राङ्खानीमा रहेको हाँडिकोट पछिल्लो समय पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । यहाँबाट बागलुङका साथै बिभिन्न जिल्लाका शहरहरु सजिलै देख्न सकिन्छ ।
यस ठाउँमा भुरे टाकुरे राजाहरुले राज्य चलाएको ईतिहास रहेको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्