दोश्रो हाँडिकोट महोत्सव सम्पन्न: ऐतिहासिक रुपमा उर्लियो जनसागर, चर्चित कलाकारको प्रस्तुति

बागलुङ, १५ चैत २०७७ ।

दोश्रो हाँडिकोट महोत्सव सम्पन्न भएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाको हाँडिकोटमा १० गतेदेखि सुरु भएको महोत्सव आइतवार सम्पन्न भएको हो ।

बिभिन्न प्रतियोगिताहरु सञ्चालन भएको महोत्सवमा आइतवार जनवादी गायक जिवन शर्मा, निलिमा पुन, चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत, प्रेम पौडेल लगाएतको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले हाँडिकोटको विकास गर्नको लागि लगानी भित्राउनुपर्ने बताउनुभयो । पर्यटनको क्षेत्रमा लगानी गर्नेहरु प्रसस्त रहेको भन्दै उहाँले लगानी कर्तालाई हाँडिकोटमा नै ल्याएर देखाएपछि उनिहरु थप विश्वस्त भएर यस ठाउँको विकासमा लाग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्माले हाँडिकोटको ईतिहास खोजेर यस ठाउँलाई विकास गर्ने हो भने जैमिनी नगरपालिका समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै जैमिनी नगरपालिका वडा नं ४ का वडाध्यक्ष चक्र थापाले जैमिनीको सान बोकेको हाँडिकोटलाई जैमिनीले प्राथमिकतामा राखेर विकास गर्न लागेको बताउनुभयो ।

जनवादी गायक जिवन शर्माले आफ्नो बाल्यकालको स्मरण गर्दै हाँडिकोटको विकासमा सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । राङ्खानी मै जन्मनुभएका शर्माले हाँडिकोट भएर नै स्वच्छ हावा र स्वच्छ पानी पाइएको भन्दै यसको संरक्षण गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्