जैमिनीको हाँडिकोटमा आजदेखि दोश्रो हाँडिकोट महोत्सव सुरु, बिभिन्न खेलकुद प्रतियाेगिता हुने

बागलुङ, १० चैत २०७७ ।

जैमिनीको हाँडिकोटमा दोश्रो हाँडिकोट पर्यटन महोत्सव आजदेखि सुरु हुँदैछ । होली पर्वको अवसरमा चैत १० गते मंगलवार देखि चैत १५ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

हाँडिकोट सामुदायिक विकास केन्द्रको आयोजनामा हुन लागेको महोत्सवमा हाँडिकोटको पहिचान र प्रचारप्रसारमा जोड दिइने संस्थाका अध्यक्ष नगेन्द्र थापाले जानकारी दिनुभयो ।

कार्यक्रमको अवसरमा पुरुष र महिला भलिवल प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

बागलुङ जिल्लाको दक्षिणीभेग जैमिनी नगरपालिका १० राङ्खानीमा रहेको हाँडिकोट पछिल्लो समय पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । यहाँबाट बागलुङका साथै बिभिन्न जिल्लाका शहरहरु सजिलै देख्न सकिन्छ ।
यस ठाउँमा भुरे टाकुरे राजाहरुले राज्य चलाएको ईतिहास रहेको छ ।

No photo description available.

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्