अनेमसंघ जैमिनीको हाँडिकोटमा प्रशिक्षण: महिलाको हक हितको सवाल उठ्नुपर्ने धारणा

मिना विसी मिनु
बागलुङ, ८ चैत २०७७ ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) जैमिनी नगर समितिले एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जैमिनीको पर्यटकीय स्थल हाँडीकोटमा अनेमसंघको प्रशिक्षण सम्पन्न भएको हो ।

टीका थापा पुनको अध्यक्षता र अनेमसंघकी केन्द्रिय उपाध्यक्ष तथा बागलुङ नगरपालिका वडा नं ३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिलाहरुको नेतृत्व र विकासका लागि निर्वाह गर्नुपर्ने भुमिका लगाएतका विषयमा प्रशिक्षण दिइएको थियो ।

महिलाहरुको हक र हितका लागि अनेमसंघ सँधै एक ढिक्का भै अगाडि बढ्नुपर्ने भन्दै सहभागीहरुले राजनितिक हक र अधिकार महिलाहरुका लागि सुनिश्चित हुनुपर्ने धारणा राखेका थिए ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्