कुश्मिसेरामा ३० लाख लगानीको भैसी फार्म खुल्यो, विदेशबाट फर्किएर स्वदेशमा परिश्रम

सुजन प्रेमी
बागलुङ, १० चैत २०७७ ।

जैमिनीको कुश्मिसेरामा एक व्यवसायीले ३० लाख लगानीमा कृषि तथा पशुपंक्षी फार्म खोलेका छन् । बागलुङको जैमिनी नगरपालिका १ कुश्मिसेराका गोविन्द हमाल र खगी हमालले कृषि तथा पशुपंक्षी फार्म खोलेका हुन् ।

११ वटा भैँसी, २६ वटा बाख्रा र केही लोकल कुखुरा रहेको फार्मको मंगलवार जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले उद्घाटन गर्नुभयो ।

अहिले करिव ३० लिटर दुध उत्पादन भैरहेको फार्ममा अझै केही भैँसी थप गर्न लागिएको फर्मका सञ्चालक गोविन्द हमालले जानकारी दिनुभयो । विदेश बसेर फर्किनुभएका हमालको श्रीमती खगी हमालले यस अघि नै केही भैँसी पालेर कुश्मिसेरा बजारमा दुध बिक्री गर्दै आउनुभएको थियो ।

परदेशमा गर्ने दुःख नेपाल मै गरे यहाँपनि सुन फल्ने सपना देखेका हमाल दम्पतीले एक परिवारलाई रोजगारी पनि दिएका छन् ।

एक्लैले यति ठुलो कृषि फार्म खोलेर व्यवसाय सुरु गर्नु सुखद् पक्ष रहेको भन्दै जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले यस्ताखाले व्यवसायीहरुलाई नगरपालिकाले प्रोत्साहन गर्ने आश्वासन दिनुभयो ।

 

No description available.

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्