राङ्खानीमा महिला लक्षित स्क्रीनिङ शिविर सम्पन्न, महिलाहरूकाे स्वास्थ्य अवस्था जटिल देखियाे

बागलुङ, १९ फागुन २०७७ ।

जैमिनीको राङ्खानीमा स्क्रीनिङ शिविर सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका १० राङ्खानी स्वास्थ्य चौकीमा महिलाहरुको लागि स्क्रीनिङ शिविर सम्पन्न भएको हो ।

शिविरमा पाठेघर को मुख को जाच गराएका १९ जनाको पोजेिटभ नतिजा आएको र ८ जनामा शंकास्पद पोजेिटभ पाइएको स्वास्थ्य शाखाकी स्टाफनर्स सुनिता चालिसेले जानकारी दिनुभयो ।

यस्तै परिक्षणको क्रममा १८ जनाको पाठेघर खसेकोे र २१ जनाको पाठेघरमा घाउ भएको पाइएको छ । उनिहरु सबैलाई धौलागिरी अस्पताल बागलुङमा थप उपचारको लागि सिफारिस गरिएको चालिसेले बताउनुभयो ।

जैमिनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित शिविरमा धौलागिरी अस्पताल बागलुङका डाक्टर केशव आचार्य, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजु भट्टराई क्षेत्री, नर्स टक माया गुरुङ र मनिकला पुन लगाएतले स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो ।

जैमिनी नगरपालिकाको १० र ९ नम्बर वडाका सहित १ सय ४७ जनाले शिविरबाट प्रत्यक्ष लाभ उठाएका छन् जसमा २२ जनाले रिङ्ग प्रेसरीको सेवा लिएका छन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्