बागलुङकाे अर्जेवामा महिला लक्षित स्क्रीनिङ शिविर सम्पन्न, करिव डेढ सय महिला लाभान्वित

बागलुङ १४ फागुन २०७७ ।

जैमिनीको अर्जेवामा स्क्रीनिङ शिविर सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका ६ अर्जेवा स्वास्थ्य चौकीमा महिलाहरुको लागि स्क्रीनिङ शिविर सम्पन्न भएको हो ।

शिविरमा पाठेघर को मुख को जाच गराएका ९ जनाको पोजेिटभ नतिजा आएको र १३ जनामा शंकास्पद पोजेिटभ पाइएको स्वास्थ्य शाखाकी स्टाफनर्स सुनिता चालिसेले जानकारी दिनुभयो ।

यस्तै परिक्षणको क्रममा ४ जनाको पाठेघरमा मासु पलाएको र २ जनाको पाठेघरमा घाउ भएको पाइएको छ । उनिहरु सबैलाई धौलागिरी अस्पताल बागलुङमा पठाइएको चालिसेले बताउनुभयो ।

जैमिनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित शिविरमा धौलागिरी अस्पताल बागलुङका डाक्टर केशव आचार्य, कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाकटर राजु भट्टराई क्षेत्री, नर्स टक माया गुरुङ र कन्ता कुमारी शर्मा लगाएतले स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो ।

१ सय ३४ जनाले शिविरबाट प्रत्यक्ष लाभ उठाएका छन् जसमा १३ जनाले रिङ्ग प्रेसरीको सेवा लिएका छन् । अब यस्तै कार्यक्रम जैमिनी १० राङ्खानीमा फागुन १८ गते हुनेछ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्