जैमिनीमा किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाउन थालियो, हरेक हप्ता खुवाइने

बागलुङ, २७ माघ २०७७ ।

बागलुङको जैमिनीमा किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाउन थालिएको छ । यही माघ २५ गतेदेखि किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाउन थालिएको हो ।

जैमिनी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले संस्थागत तथा सामुदायिक बिद्यालय स्तरका सम्पूर्ण किशोरीहरुलाई प्रत्येक आईतबार चक्की खुवाइने जानकारी दिनुभयो ।

जैमिनी नगरपालिका भरीका सामुदायिक र संस्थागत बिद्यालयका १० देखि १९ बर्षसम्मका किशोरीहरुलाई बिद्यालयबाटै आइरन चक्की खुवाइने बताइएको छ ।

किशोरीहरुमा हुने रगतको कमी र रक्तअल्पताको रोकथामका लागि आइरनचक्की खुवाउन थालिएको जैमिनी नगरपालिकाका शिक्षा शाखाका प्रमुख खेम प्रसाद आचार्यले जानकारी दिनुभयो । नगरपालिकाले १० वटा वडाका सबै बिद्यालयका किशोरीहरुलाई निशुल्क चक्की खुवाउने उहाँको भनाई छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्