जैमिनीमा सबै बिद्यालयका किशोरीहरुलाई आइरन चक्की खुवाइने

बागलुङ, २२ माघ २०७७ ।

बागलुङकाे जैमिनीमा किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ । यही माघ २५ गतेदेखि प्रत्येक आईतबार किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको हो ।

जैमिनी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले मंगलवार अभिमुखिकरण गर्दै संस्थागत तथा सामुदायिक बिद्यालय स्तरका सम्पूर्ण किशोरीहरुलाई चक्की खुवाइने जानकारी दिनुभयो ।

जैमिनी नगरपालिका भरीका सामुदायिक र संस्थागत बिद्यालयका १० देखि १९ बर्षसम्मका किशोरीहरुलाई बिद्यालयबाटै आइरन चक्की खुवाइने बताइएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्