महिला दिवसको अवसरमा जैमिनीमा वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

बागलुङ, २१ फागुन २०७७ ।

जैमिनी नगरपालिकाले वडा स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवशको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो ।
“महिलाको सुरक्षा, सम्मान र रोजगारका लागि स्थानिय तहको भूमिका” बिषयक वक्तृत्वकला प्रतियोगितामा जैमिनी नगरपालिकाका १० वटै वडाबाट बढिमा २ जनाका दरले सहभागी गराइने जैमिनी नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा प्रथम, द्धित्तिय र तृतिय हुनेहरुलाई प्रमाणपत्र र नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता फागुन २४ गते महिला दिवसको दिन जैमिनी नगरपालिकाको सभाहल कुश्मिसेरामा हुने छ ।

May be an illustration of text

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्