खुशीको खबर: जैमिनी नगरपालिकाको नाममा घडेरी पास, अब आफ्नै प्रशासनिक भवन बन्ने

सुजन प्रेमी
बागलुङ, ४ चैत २०७७ ।

बागलुङको जैमिनी नगरपालिकाकाे घडेरी पास भएकाे छ । लामो समयको प्रयास पछि जैमिनी नगरपालिकाले प्रशासनिक भवनको लागि जग्गा प्राप्ती गरेको हो ।

यसअघि जग्गादाताहरु सँग छलफल गरी टुंगो लागेपछि मंगलवार जैमिनी नगरपालिकाको नाममा ५ राेपनी जग्गा पास गरिएको नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिकाको घडेरी व्यवस्थापन समितिको संयोजनमा हाल जैमिनी नगरपालिकाको केन्द्र रहेको कुश्मिसेरा बजारको हिमालयन बोर्डिङ स्कुल र शान्तिद्धीप बहुमुखी क्याम्पसको पछाडि ठेउले खोला र टिमुर खोलाको सिमाना हुनेगरी घडेरी व्यवस्थापन गरेकोमा मंगलवार आवश्यक प्रकृया पुराएर आफ्नो नाममा पास गरिएको उहाँको भनाई छ ।

१४ जनाको करिव १८ रोपनी जग्गा व्यवस्थापन गरी नगरपालिकाको लागि ५ रोपनी छुट्याउने गरी जग्गा धनिहरु सँग सहमती भएकोमा यसअघि सामान्य कार्यबाहेक अन्य कामकाजहरु अघि बढ्न सकेको थिएन । गत बर्ष नै ७० प्रतिशत काम सकिएको भएपनि जग्गा कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो नलाग्दा घडेरी पास गर्ने प्रकृया रोकिएको थियो ।

जैमिनी नगरपालिकाले अब १८ रोपनीमध्ये ५ रोपनी आफ्नो नाममा लिएपछि जग्गाधनिहरुको ४१ प्रतिशत जग्गा नगरपालिकाको नाममा आएको छ । यो जग्गा उनिहरुले नगरपालिकालाई निशुल्क दिएका हुन् तर नगरपालिकाले करिव १८ रोपनी जग्गालाई नै व्यवस्थित गरी सुविधा सम्पन्न गराउनु पर्नेछ । नगरपालिकाले अब ५ रोपनी क्षेत्रफलमा आफ्नो प्रशासनिक भवन निर्माण गर्नेछ ।

यता नगरपालिकाले अर्को चार रोपनी जैमिनी नगरपालिका २ दमेकको जग्गा प्राप्ति गरेको छ । अब यो सहित नगरपालिकाको तत्काल ९ रोपनी जग्गा भएको छ ।

लामाे समय अथक प्रयासपछि नगरपालिकाकाे घडेरी टुङ्गो लागेर पास हुनु  जैमिनी नगरपालिकाको ऐतिहासिक र महत्वपूर्ण उपलब्धी हो ।

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्