जैमिनीमा चैत २० गतेदेखि हात्तिपाइलेको औषधि खुवाइने, अभिमुखिकरण कार्यक्रम सम्पन्न

बागलुङ, ३ चैत २०७७ ।

बागलुङको जैमिनी नगरपालिकामा हात्तिपाइले रोग निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलवार हात्तिपाइले रोग निवारण अभियान २०७७ सम्बन्धी नगर स्तरीय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको हो ।

१२ औँ पटकको अभियान स्वरुप बागलुङ जिल्लाभर चलाइने अभियान सफल बनाउन नगरपालिकामा स्वास्थ्यकर्मी र सरोकारवालाहरु सहित अभिमुखिकरण गोष्ठी आयोजना गरिएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।

केही समय अगाडि नमुना संकलन गर्दा जैमिनी नगरपालिका १ कुश्मिसेराका २ जनालाई हात्तिपाइलेको लक्षण देखिएपछि अभियानलाई थप प्रभावकारी बनाउन वडा वडामा पनि अभिमुखिकरण गरिने उहाँको भनाई छ ।

जैमिनी नगरपालिकाले यही चैत २० गतेदेखि हात्तिपाइले रोग निवारण अभियान सञ्चालन गरी औषधि खुवाउने आचार्यले बताउनुभयो । अभियानमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम् सेविका सहित स्थानिय प्रतिनिधिहरुको समेत सहभागिता रहने छ । अभियान अन्तरगत निश्चित केन्द्र तोकेर औषधि खुवाइनेछ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे पनि पढ्नुहाेस्

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्