सुखद् खबर: जैमिनी नगरपालिकाकाे घडेरीकाे विषय टुङ्गियो, चैत १ गते पास गरिने

बागलुङ २२ फागुन २०७७ ।

बागलुङको जैमिनी नगरपालिकाको घडेरीको बिषय टुङ्गो लागेको छ । नगर प्रमुखको अध्यक्षतामा बसेको सरोकारवाला सहितको बैठकले घडेरीको बिषय टुङ्गोमा प¥याएको हो ।

सम्बन्धीत जग्गाधनि र सरोकारवालाहरु बिच शनिवार जैमिनी नगरपालिको केन्द्र कुश्मिसेरामा बसेको बैठकले पूर्व निर्धारित स्थानमै घडेरीको टुङ्गो लगाएको जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

यस अघि नै जैमिनी नगरपालिकाको घडेरी व्यवस्थापन समितिको संयोजनमा हाल जैमिनी नगरपालिकाको केन्द्र रहेको कुश्मिसेरा बजारमा नै घडेरी व्यवस्थापनको काम सुरु गरिसकेको थियो । ११ जनाको करिव १८ रोपनी जग्गा व्यवस्थापन गरी नगरपालिकाको लागि ५ रोपनी छुट्याउने गरी जग्गा धनिहरु सँग सहमती भएकोमा यसअघि सामान्य कार्यबाहेक अन्य कामकाजहरु अघि बढ्न सकेको थिएन ।

यसअघि कुश्मिसेरा बजारको हिमालयन बोर्डिङ स्कुल र शान्तिद्धीप बहुमुखी क्याम्पसको पछाडि ठेउले खोला र टिमुर खोलाको सिमाना हुनेगरी नगरपालिकाको लागि जग्गा व्यवस्थापन सुरु गरेपनि बाँकी रहेको जग्गा बाँडफाँड लगाएतका विषयहरु अन्यौलता रहेकोमा शनिवार सबै समस्याको समाधान हुनेगरी छलफलबाट सोही स्थानमा नगरपालिकाको आफ्नै भवन बनाउने गरी घडेरी टुङ्गो लागेको नगरपालिकाले जनाएको छ ।

अबपनि घडेरीको टुङ्गो नलागे अन्य स्थानमा भएपनि बिकल्प खोज्नुपर्ने भन्दै नगर प्रमुख पौडेलले जग्गा धनिहरुलाई प्रष्ट कुरा गर्न आग्रह गर्नुभएको थियो । नगरपालिकालाई जग्गा दिन इच्छुकहरुले मञ्जुरीनामा दिएर जग्गा रोक्का राख्न नगरपालिकालाई अधिकार दिएमा मात्र नगरपालिकाको जग्गा प्राप्तिको टुङ्गो लाग्ने भन्दै उहाँले सो को लागि जग्गाधनिहरु सँग पहल गर्नुभएको थियो ।

जग्गाधनिहरुले पुरानो सर्तनामा सहित जग्गा रोक्काको मञ्जुरीनामा दिन तयार भएपछि आगामी चैत १ गते आवश्यक प्रक्रियाका लागि मालपोत जाने मिति समेत तय गरिएको नगरपालिकाले जनाएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्