खाेप अभियान अन्तर्गत मंगलवार जैमिनीमा २ सय बढि जेष्ठ नागरिकले कोरोना खोप लगाए

बागलुङ, २५ फागुन २०७७ ।

दोश्रो चरणको खोप सुरु भएसँगै जैमिनी नगरपालिकामा मंगलवार २ सय १७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । बागलुङको जैमिनी नगरपालिका भरीको १० वटा खोप केन्द्रबाट सुरु भएको अभियानमा ६५ बर्ष माथिका जेष्ठ नागरिकहरुले खोप लगाएका हुन् ।

६ वटा खोप केन्द्रबाट १ सय ३० महिला र ८६ जना पुरुषले मंगलवार खोप लगाएको जैमिनी नगरपालिका स्वास्थ्य शाखाका संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।

वडा नं १ कुश्मिसेराका लागि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप सेवा प्रदान गरिएकोमा १८ जनाले खोप लिएका छन् । वडा नं २ का लागि दमेक स्वास्थ्य चौकीबाट खोप सेवा दिइएको थियो जहाँबाट २० जनाले खोप लगाएको आचार्यले बताउनुभयो ।

यस्तै वडा नं ३ उपल्लो दमेकका लागि नेपाने शहरी स्वास्थ्य केन्द्रबाट ११ जनाले खोप सेवा लिएका छन् ।

वडा नं ७ जैदीका लागि जैदी स्वास्थ्य चौकीबाट ५४ जनालाई खोप प्रदान गरिएको छ । वडा नं ८ छिस्तीमा छिस्ती स्वास्थ्य चौकीबाट ४८ जना र वडा नं १० राङ्खानीका लागि राङ्खानी स्वास्थ्य चौकीबाट ६५ जनालाई खोप सेवा प्रदान गरिएको स्वास्थ्य संयोजक आचार्यले जानकारी दिनुभयो ।

आज सर्कुवा विनामारे, अर्जेवा र पैयुँथन्थथाप स्वास्थ्य चौकीमा भने कसैले पनि खोप लगाएका छैनन् ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्