जैमिनीमा मकै उत्पादन प्रर्वद्धन सम्बन्धी अन्तरक्रिया: मल र विउमा शतप्रतिशत अनुदान माग

बागलुङ, ९ चैत २०७७ ।

जैमिनीमा मकै उत्पादन प्रर्वद्धन कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार जैमिनी नगरपालिका कृषि शाखाको आयोजनामा वालि विकास तथा जैविक विविधता संरक्षण कार्यक्रम अन्तरगत मकै उत्पादन प्रर्वद्धन कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

आर्थिक बर्ष २०७७÷७८ को लागि संघिय सरकारको ४० लाख बराबरको कार्यक्रम अनुसार वैज्ञानिक र विषय विज्ञ समेतको सहभागितामा क्लष्टर स्तरमा कृषक तथा प्राविधिक वार्तालाप कार्यक्रममा जैमिनी नगरपालिकाका वडा नं १, ६,७ र ८ का अगुवा कृषकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको वारेमा जानकारी दिँदै जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र शर्माले ४० लाख बराबरको कार्यक्रमलाई कार्यविधि अनुसार विभिन्न भागमा बिभाजन गरी गर्न सकिने बताउनुभयो । सोही कार्यक्रम अनुसार अनुदानमा विउ वितरण, यान्त्रिक सामग्री वितरण लगाएत आवश्यकतालाई हेरेर कार्यक्रम गर्न सकिने उहाँको भनाई छ ।

कार्यक्रमको वारेमा प्रष्ट पार्दै कार्यक्रमका प्रशिक्षक तथा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बागलुङका वालि संरक्षण अधिकृत नारायण पौडेलले यो कार्यक्रम ५ बर्षसम्म निरन्तर हुनसक्ने बताउनुभयो ।
कृषकहरुले व्यवसायिक कृषि गर्न चाहेमा सरकारले साथ दिएको भन्दै उहाँले कृषिमा उत्पादन बढी र लागत कम गर्नको लागि कृषि यनत्रहरुको भरपुर प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले जैमिनी नगरपालिकाले कृषकहरुका लागि बिभिन्न खालका प्रर्वद्धनात्मक कार्यक्रमहरु ल्याएको बताउनुभयो । नगर प्रमुख कृषि र पशु परियोजना पनि कृषकमूखी कार्यक्रम भएको भन्दै उहाँले यसले व्यवसायिक कृषकहरुलाई प्रोत्साहन र स्थापित गर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा उपस्थित कृषकहरुले कृषकहरुलाई मल र विउ शत प्रतिशत अनुदान दिनुपर्ने माग राखेका छन् । कृषक गोपाल प्रसाद आचार्यले कृषकको उत्पादनले विचौलियाहरु मोटाउने प्रवृत्ति अन्त्य नभएसम्म कृषिमा उन्नति गर्न कठिन रहेको बताउनुभयो ।

यस्तै जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला रानाले सरकारले कृषकहरुलाई प्रोत्साहन गरिरहेको वताउनुभयो । कृषकहरु अनुदानमूखी नभै उत्पादनमूखी हुनुपर्ने भन्दै उहाँले कृषि यन्त्र देखि बिमासम्म सरकारको अनुदानमा परेको कृषकहरुलाई जानकारी दिनुभयो ।

जैमिनी नगरपालिका वडा नं १ का वडाध्यक्ष भुपेन्द्र थापाले कृषक र उपभोक्ता विचको दुरी कम गर्दै सिधै खरिद विक्रीको प्रणाली विकास गर्न सके कृषकहरुले राम्रो मुल्य पाउन सक्ने बताउनुभयो । विचमा विचौलियाहरुले खरिद विक्री गरेर ठुलो अन्तरमा मुल्य पार्ने गरेको भन्दै उहाँले कृषिमा उचित मुल्य नपाएसम्म कृषकहरुलाई प्रोत्साहन गर्न कठिन हुने बताउनुभयो ।

सोही कार्यक्रमबाट मकै प्रर्वद्धनका लागि छनोट भएका यी वडाहरुको तर्फबाट गोपाल प्रसाद आचार्यको संयोजकत्वमा क्लष्टर कृषक समिति गठन भएको छ । समितिले कृषक र सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गर्नेछ । नगर प्रमुख पौडेलले अगुवा तथा जेष्ठ कृषक नेत्र प्रसाद शर्मालाई मकैको विउ हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्