Breaking News: जैमिनीमा फेरि कोरोना संक्रमित थपिए, ८१ जनाको स्वाव संकलन

 

बागलुङ, २८ जेठ २०७८ ।

जैमिनी नगरपालिकामा एकजना कोरोना संक्रमित थपिएका छन् । सात जनाको पीसिआर परिक्षण गर्दा जैमिनी नगरपालिका १ का एकजनामा कोरोना संक्रमण देखिएको हो ।

बुधबार जैमिनी नगरपालिका २ का एकजना र जैमिनी १ का ६ जना सहित ७ जनाको पीसिआर परिक्षण गरिएको थियो ।

यता जैमिनी नगरपालिका ८ छिस्तीका ८१ जनाको स्वाव संकलन गरिएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका ३५ महिला र ४६ पुरुष गरी ८१ जनाको स्वाव संकलन गरिएको जैमिनी नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्द प्रसाद आचार्यले जानकारी दिनुभयो ।

शुक्रबार संकलन गरिएको स्वाव परिक्षणका लागि धौलागिरी अस्पतालको प्रयोगशालामा पठाइएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्