जैमिनी नगरपालिकामा नगर स्तरीय तेक्वान्दो संघ गठन, अध्यक्षमा सकश बहादुर क्षेत्री

बागलुङ, ६ चैत २०७७ ।

बागलुङको जैमिनी नगरपालिकामा नगर स्तरीय तेक्वान्दो संघ गठन भएको छ । बिहिबार जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा बसेको भेलाले सकश बहादुर क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा हरि प्रसाद शर्मा, सचिवमा आरविन थापा मगर, सह सचिवमा यम बहादुर जि.सी र कोषाध्यक्षमा झपिन्द्रा कुमारी मल्ल चयन हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा ओमकार थापा, राज बहादुर विक, मिलन थापा मगर र कजल शाही रहनुभएको छ ।

सोही भेलाले ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा भुपेन्द्र थापा, झपिन्द्र बहादुर क्षेत्री, विष्णु प्रसाद आचार्य, दल बहादुर श्रीस राना, होम बहादुर पुन, क्याप्टेन पदम बहादुर श्रीस र रवि प्रसाद पौडेल रहनुभएको छ ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्