कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रबाट १ सय जनाले कोरोना विरुद्धको खोप लगाए, खोपसेवा आजपनि

बागलुङ, ६ फागुन २०७७ ।

जैमिनीको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रबाट १ सय जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो चरण अन्तरगत दोश्रो प्राथमिकतामा परेका २१ जना महिला र ७९ जना पुरुष गरी १ सय जनाले बुधबार खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यलय बागलुङको खोप कार्यक्रम अन्तरगत कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा सरकारको प्राथमिकतामा परेका जनप्रतिनिधि, सरकारी कर्मचारी, बैंकका कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगाएतलाई काृभिसिल्ड खोप लगाइएको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका एच ए बिदुर शर्माले जानकारी दिनुभयो ।

फागुन ५ र ६ गते खोप लगाउने तालिका अनुसार खोप कार्यक्रम सुरु गरिएकोमा बरेङबाट समेत सुरक्षाकर्मी आएर खोप लगाएको उहाँको भनाई छ ।

प्राथमिकतामा परेका र हिजो खोप लगाउन बाँकी रहेकाहरुको लागि आज एकदिन समय भएको र अब छुट भएकाहरुलाई अर्को व्यवस्था नभएको शर्माले बताउनुभयो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्