जैमिनीमा ओली पक्ष नेकपाको कार्यकर्ता भेला सम्पन्न, भोली जनमोर्चाको साेही ठाउँमा आमसभा

बागलुङ, १६ माघ २०७७ ।

जैमिनीमा केपी ओली पक्ष नेकपाको कार्यकर्ता भेला सम्पन्न भएको छ । पछिल्लो समय भैरहेको पार्टी भित्रको मदभेदमा ओली पक्षको भेला शुक्रबार कुश्मिसेरामा सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरुले देश गलत मान्छेको हातमा सुम्पनुभन्दा जनतासमझ जानु ठिक भएर ओलीले चालेको कदम जनपक्षीय भएको बताएका छन् । सांसद् बिघटन गरेर देशका जनतालाई देश चलाउने पार्टी चुन्ने अधिकार दिनु भनेको जनताको हितमा काम गर्नु भएको भन्दै बक्ताहरुले राजनितिक अस्थिरताले जनतालाई समस्या पर्ने हुँदा ताजा जनादेशमा जान चाहेको बताएका थिए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले प्रचण्ड माधव पक्षको टिप्पणी गरेका थिए ।

Image may contain: 7 people, people sitting

 

यस्तै शनिवार जनमोर्चाले सोही ठाउँमा आमसभा गर्ने भएको छ । संसद् बिघटनको विरुद्धमा जनमोर्चाले कुश्मिसेरामा आमसभा गर्ने भएको हो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्