जैमिनीकाे सम्झौता युवा क्लवले नेपानेमा साँस्कृतीक मेला गर्ने, ईन्द्रणी टिम र कलाकारको प्रस्तुति

बागलुङ, १४ चैत २०७७ ।

सम्झौता युवा क्लवले नेपानेमा साँस्कृतीक मेला गर्ने भएको छ । बागलुङको जैमिनी नगरपालिका ३ मा अवस्थित क्लवले ९ औँ बार्षिकोत्सवको अवसरमा कालापाताल नेपानेमा साँस्कृतीक मेला गर्ने भएको हो ।

जैमिनीमा रहेका विभिन्न जातजातीको संस्कृती प्रचार–प्रसार र पर्यटन प्रवर्धनका लागि मेला आयोजना गरिएका क्लवका अध्यक्ष सूर्यबहादुर पुनले जानकारी दिनुभयो ।

चैत २६ गते बाट वैशाख १ गते सम्म सञ्चालन हुने मेलामा मगर समुदायको सोरठी नाँच, झाम्रे गीत, मगर बाजा, नौमती बाजा, जैमिनीमा उत्पादन भएको लोकल उत्पादनको प्रदर्शनी युवाहरुका लागि विभिन्न खालको खेलहरु आयोजना गरिएको उहाँको भनाई छ ।

यसअघि तीज पर्वको अवसरमा मेला गर्ने गरिएको भएपनि बर्खायाममा यातयातको असुविधा र हिलो हुने भएकाले यस बर्षदेखि नयाँ बर्षको अवसरमा मेलाको आयोजना गरिएको क्लवले जनाएको छ ।

कार्यक्रममा चैत २६ र २७ गते साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, चैत २९ गते ‘बि’ लेभलको डबल ब्याटमिन्टन प्रतियोगिता, चैत ३० गते तारा खेल (धनुषवाण) प्रतियोगिता, चैत ३१ गते खुल्ला एकल नृत्य प्रतियोगिता र चैत ३१ गते लठो तान्ने प्रतियोगिताको आयोजना गरिने पुनले बताउनुभयो ।

बैशाख १ गते मेलामा इन्द्रेणी टिमको उपस्थिति रहने र मुल समारोह पनि सोही दिन आयोजना गरिएको क्लवका सल्लाहकार झमन पाण्डेले जानकारी दिनुभयो । मुल समारोहका दिन कलाकार जुना श्रीष लगाएतका विभिन्न राष्ट्रिय स्तरका कलाकार र स्थानीय कलाकारको सांगीतिक कार्यक्रम रहनेछ ।

प्रतियोगितामा बिजेता हुनेहरुलाई बिभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । पुरुष भलिवल प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, द्वित्तीय हुनेले २० हजार, तृतीय हुनेले १२ हजार र उपविजेताले ८ हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ब्याटमिन्टन प्रतियोगितामा प्रथम हुनेले १२ हजार, द्वित्तीय हुनेले ८ हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

No description available.

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्