सर्वोदय प्रा.वि सर्कुवाको ६५ औँ बार्षिकोत्सव सम्पन्न, बिभिन्न प्रतियोगिताको आयोजना

बागलुङ, ८ फागुन २०७७ ।

सर्वोदय प्राथमिक बिद्यालय मौलाछको ६५ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवा मौलाछमा रहेको बिद्यालयको बार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले बिद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको शिक्षक शिलशिला केसीले जानकारी दिनुभयो ।

बार्षिकोत्सवको अवसरमा प्रा.वि स्तरिय हिसाब दौड प्रतियोगिता, चम्चागुच्चा प्रतियोगिता, म्युजिकल चियर, तथा हाजिरी जवाफ लगाएतको प्रतियोगिता आयोजना गरिएको थियाे ।

जैमिनी नगरपालिका कार्यपालिका सदस्य तथा वडा नं ४ का वडासदस्य चन्द्र बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रmममा अविभावकहरु विच घैँटोफोर प्रतियोगिता, रस्साकस्सी तथा म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको बिद्यालयले जनाएकाे छ ।

कार्यक्रमको अवसरमा स्थानिय भजन र रत्यौलीबाट मनोरञ्जन प्रदान गरिएको थियो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्