अछामकाे रामाराेशनमा बाढीले बगाएकामध्ये ६ जनाकाे शव फेला (अपडेट)

काठमाडाैं । अछामको रामारोशन गाउँपालिकामा कैलाश खाेलाले बगाएका ६ जनाकाे शव फेला परेकाे छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।

मंगलबार राति कैलाश खाेलामा आएकाे बाढीले सैनाबजार घट्टेबजारलगायतका क्षेत्र बगाएर बगरका परिणत भएकाे रामाराेशन गाउँपालिका-३ का वडाध्यक्ष ताराबहादुर साउदले जानकारी दिनुभयाे ।

प्रहरीले भने अहिले नै क्षतिकाे एकीन विवरण नआइसकेकाे जनाएकाे छ । खाेलाले गाउँपालिकाकाे पक्की पुलमा पनि क्षति पुर्‍याएकाे छ भने गाउँपालिकामा रहेकाे जलविद्युत आयाेजनामा पनि क्षति पुर्‍याएकाे साउदले जानकारी दिनुभएकाे छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्