यास् चक्रवातकाे प्रभावःसाेमबार सम्म देशका विभिन्न स्थानमा मध्यम देखि भारी वर्षा हुने

काठमाडाैँ, १५ जेठ २०७८ ।

यास् चक्रवातकाे प्रभावका कारण साेमबार सम्म देशका विभिन्न स्थानमा मध्यम देखि भारी वर्षा हुने भएकाे छ ।

हाल देशमा चक्रवात यास्  पश्चिमउत्तर देखि पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको कारण साेमबार सम्म देशका विभिन्न स्थानमा मध्यम देखि भारी वर्षा हुने सम्भावना देखिएकाे हाे ।  हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरुकाे केहि स्थानहरुमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पुर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

 

शनिबार अर्थात आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको छ ।साथै आज राती देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छभने लुम्बिनी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको  छ ।

 

यसैगरी आईतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,बागमती र लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएकाे छ । राती भने देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । तर प्रदेश १ र प्रदेश २ का केहि स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएकाे छ ।

 

यस्तै सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । बागमती र प्रदेशका १ का १/२ स्थानहरुमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ । रातीमा  देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना देखिएकाे माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।

 

आगामी २४ घण्टाकामा देशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छभने, प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भैसकेपछि हुने धेरै असरहरु (जस्तैः हिलोबाटो, हिलेभीरपाखा ,अवरुद्ध यातायात र संचार ,पहिरो, बाढी, जमिन कटान आदि) बाट बच्न/बचाउन र समयमै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेकाे छ ।

याे सामग्री सेयर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार