आफ्नै निर्णयबाट पछि हट्यो सरकारः आइतबार बिदा दिने निर्णय खारेज, भावनामा बहकिँदा नराम्राे परिणाम

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २३ जेठ २०७९ ।

सरकारले आइतवार पनि दिँदै आएको सार्वजनिक बिदा खारेज गरेको छ । साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गतदेखि लागू हुने गरी आइतवारको बिदा खारेज गरेको हाे ।

पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर आइतवारको बिदाका कारण सरकारी कामकाज भद्रगोल भएको र अपेक्षाअनुसार पेट्रोलियम पदार्थको खपत कम नभएको निष्कर्ष निकाल्दै सरकारले आइतवारको बिदा खारेज गर्ने निर्णय गरेको बताइएकाे छ ।

एक महिना पनि निर्णय कार्यन्वयन गर्न नसक्नु सरकारकाे लाचारिपन भएकाे टिप्पणी हुन थालेकाे छ । बिना अध्ययन भावनामा वहकिएर निर्णय गरेकाे र याे टिकाउ नहुने भन्दै सरकारकाे टिप्पणी भएकाे थियाे ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार