काठमाडौमा रिक्सा र्‍याली हुने, कति होलान् रिक्सा ?

याे सामग्री सेअर गर्नुहाेस्

सुजन प्रेमी सुवेदी
काठमाडौ, १२ असार २०८१ ।

काठमाडौमा रिक्सा र्‍याली हुने भएको छ । यहि असार २६ गते काठमाडौको पशुपतिनाथ मन्दिरबाट रिक्सा र्‍याली हुने भएको हो ।

मानव सेवा फाउण्डेशनले आयोजना गरेको ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको अवसरमा रिक्सा र्‍यालीको आयोजना गरिएको आयोजक मानव सेवा फाउण्डेशनका र्‍याली संयोजक सन्तोष भुषालले जानकारी दिनुभयो । पशुपति कोटीहोमको बारे सबैलाई जानकारी दिन र शान्तिको सन्देश फैलाउन र्‍यालीको आयोजना गरिएको भुषालको भनाई छ ।

काठमाडौमा अहिले रिक्सा लोप हुँदै गएको छ । पाउदानीले चलाउने, विद्युतबाट चल्ने र इन्धनबाट चल्ने रिक्सा भएपनि पाउदानीले चलाउने रिक्सा ठमेल क्षेत्रमा बाहेक अन्यत्र देख्न मुस्किल छ । इन्धनबाट चल्ने रिक्सा को संख्या भने बृद्धि हुन थालेको यातयात व्यवस्था कार्यालय सानाठुला सवारी बागमतीको तथ्यांकले देखाएको छ ।
अहिले इन्धनबाट चल्ने अटोरिक्सा काठमाडौ उपत्यकाका नजिक क्षेत्रहरुमा बढ्न थालेको छ । अटोरिक्सालाई यातयात व्यवस्था विभागले टेप्पोको वर्गमा राखेका इजाजत दिने गर्दछ । उपत्यकामा लगभग दुई हजारको हाराहारीमा रिक्सा हुनसक्ने अनुमान गरिएको छ ।

मानव सेवा फाउण्डेशनले पशुपति मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा यहि साउन १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको आयोजना गरेको छ । महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम ललितपूर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भवनको भवन निर्माण गरिने छ ।

याे पनि पढ्नुहाेस् ।

पशुपति मन्दिर क्षेत्रमा कथावाचक दीनबन्धु पोखरेलको प्रवचन हुने
स्वामी शंकराचार्य अविमुक्तेस्वरानन्द नेपाल आउँदै, बृहत कोटीहोमको उद्घाटन गर्ने
काठमाडौमा बृहत मोटरसाइकल र्‍याली हुने, सहभागी हुन आयोजकको निम्तो
पशुपति क्षेत्रमा ऐतिहासिक पशुपति कोटिहोम हुँदै, महायज्ञको तयारी तिब्र
साउनमा सु–प्रसिद्ध कथावचिका राधिका दासीको मुखराविन्दबाट कथा सुन्न पाइने
मानव सेवा फाउण्डेशनले २१ सय ज्येष्ठ नागरिकलाई सम्मान गर्दै
पशुपतिमा राष्ट्रिय भजन प्रतियोगिता हुने, प्रथम हुनेलाई १ लाख ११ हजार नगद पुरस्कार


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो