चिनले दिएकाे काेराेना बिरूद्धकाे खाेप लिन नेपाल एयरलाइन्सको विमान आज चिन जाने

काठमाडौं, १७ जेठ २०७८ ।

काेराेना बिरूद्धकाे खाेप लिन नेपाल एयरलाइन्सको विमान आज चिन जाने भएकाे छ ।

चिनले सहयाेग स्वरूप दिने काेराेना बिरूद्धकाे खाेप लिन साेमबार नेपाल एयरलाइन्सको विमान चिन जाने भएकाे हाे ।नेपाल एयरलाइन्सको चार्टर विमान साेमबार बिहान चिनकाे बेइजिङका लागी उड्ने छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग स्वरूप दिनुभएको खोप लिन विमान बेइजिङ उड्न लागेको जानकारी दिइएकाे छ ।

 

साेमबार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर नेपाल फर्किने विमानस्थलको उडान तालिकामा उल्लेख छ ।  चीनले दिन लागेको खोप लिन नेपाल वायु सेवा निगमकाे विमान सोमबार बेइजिङ जान लागेको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयाे ।

 

गत बुधबार नेपालका राष्ट्रपति  एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप सहयाेग स्वरूप दिने घोषणा गर्नुभएकाे थियाे ।

 

तौल बढी नभएको खण्डमा नेपाल एयरलाइन्सको चार्टर विमानले ८ लाख डोज खोप मंगलबार नेपाल ल्याउने तयारी गरिएको बताइएकाे छ ।

 

 

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्