जैमिनीको आठौ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न, ३ वटा बिधेयक, ऐन तथा निर्देशिका


सन्ध्या आचार्य
बागलुङ, ३० माघ २०७७ ।

जैमिनी नगरपालिकाको आठौँ नगरसभा तथा हिउँदे अधिवेशनसम्पन्न भएको छ । शुक्रबार बिधायन समितिका संयोजकले पेश गर्नुभएको बिधेयक, ऐन तथा निर्देशिका पारित गर्दै आठौँ नगरसभा सम्पन्न भएको हो ।

जैमिनी नगरपालिकाको सभाहल कुश्मिसेरामा भएको नगरसभाले जैमिनी नगरपालिकाको संघ संस्था दर्ता तथा नविकरण ऐन २०७७, जैमिनी नगरपालिकामा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७७ र आन्तरिक लेखा परिक्षण निर्देशिका २०७७ पारित गरेको बिधायन समितिका संयोजक प्रेम सापकोटाले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिकामा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकले वातावरण जोगाउने, प्राकृतिक दोहन रोक्ने तथा सार्वजनिक सम्पतीको संरक्षण गर्ने, श्रोत साधनको उचित प्रयोग गर्ने लगाएतको व्यवस्था गरेको छ । प्राकृतिक श्रोत साधनको प्रयोगका लागि यस बिधेयकमा उल्लेखित मापदण्डहरु अपनाउने र सो बमोजिमको व्यवस्था गर्ने प्रावधान यस बिधेयकमा रहेको छ ।

जैमिनी नगरपालिकाको संघ संस्था दर्ता तथा नविकरण ऐन २०७७ मा संघ संस्था को नियमन, नियन्त्रण तथा दर्ता नविकरण सहितको अधिकार प्रत्यारोजन गरिएको छ । अब जैमिनी नगरपालिकामा यस ऐन अनुसार संघ संस्थाहरु दर्ता तथा नविकरण हुनेछन् । यसै ऐनले वयवस्था गरे अनुसारको प्रक्रिया पुरा गरेर दर्ता भएका संघ संस्थाहरुको नियमन पनि जैमिनी नगरपालिकाले गर्नेछ । यस ऐन अघि दर्ता भएका संस्थाहरुलाई ऐनमा नबाझिने गरी काम कारवाहीको अधिकारको व्यवस्था यस ऐनले गरेको छ । ऐनले दर्ता विना संस्था खोल्न नपाइने प्रावधान बनाएको छ ।

यस्तै आठौँ नगरसभाले पास गरेको आन्तरिक लेखा परिक्षण निर्देशिका २०७७ ले जैमिनी नगरपालिकाको प्रशासनिक तथा आर्थिक क्षेत्रको व्यवस्थालाइृ उल्लेख गरेको छ । यस निर्देशिकामा बेरुजु कम गर्ने तथा फर्छौट गर्ने मापदण्डहरु उल्लेख भएको छ ।

अधिवेशनमा सभासद्हरुले सुझाव तथा गुनासो राखेकोमा सम्बन्धित निकायबाट सम्बोधन गरी जानकारी गराइएको थियो । जैमिनीले कृषि तथा पशुमा दिने अनुदानको मुल्य र बजारको मुल्य मिल्दोजुल्दो हुने गरेको र यसमा पनि अनियमितता भएको आशंका गर्दै नगरसभा सदस्य केन्द्र बहादुर सुनारले राख्नुभएको जिज्ञासालाई जैमिनी नगरपालिकाका पशु प्राविधिक नेत्र प्रसाद आचार्यले प्रस्ट्याउनुभएको थियो । नगरपालिकाको डोजरको कमाई अपेक्षाकृत नभएको र यसमा पनि पारदर्शिता नभएको हो की ? भन्ने उहाँकाे प्रश्नमा जैमिनी नगरपालिकाका योजना शाखाका अधिकृत प्रेम सापकोटाले यसबारे प्रस्ट पार्नुभएको थियो ।

यस्तै नगरसभा सदस्य रुद्रनाथ शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कामदारले पाउने ५ सय १७ रुपैयाँ ज्यालामा कामदार नपाइने गुनासो गर्नुभयो । बेरोजगार सूचिमा नाम भएकाहरु अहिले यस ठाउँमा नभएका कारण काम गराउन कठिन भएको उहाँको कुरालाई जैमिनी नगरपालिकाका रोजगार संयोजक सुरेश पुनले प्रस्ट पार्नुभएको थियो ।

आठौँ नगरसभा तथा हिउँदे अधिवेशनमा जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले चालु आर्थिक बर्षको अहिलेसम्म खर्च भएको खर्च विवरण तथा कार्यप्रगति पेश गर्नुभएको थियो ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्