पश्चिमी वायूको प्रभावःशनिबार सम्मनै वर्षाकाे सम्भावना,यस्ताेछ ३ दिनकाे माैसम पुर्वानुमान

काठमाण्डाै, १३ फागुन २०७७ ।

नेपालमा  शनिबार सम्मनै वर्षाकाे सम्भावना देखिएको छ ।

पश्चिमी वायूको आंशिक प्रभावका कारण देशका भिभिन्न स्थानहरूमा शनिबार सम्मनै हल्का वर्षाकाे सम्भावना देखिएकाे हाे । बिशेषगरी प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अबकाे तीन दिन सम्मनै  वर्षाकाे सम्भावना देखिएकाे नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पुर्वानुमान महासाखाले जानकारी दिएकाे छ ।

 

हाल प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा  रहेको छ भने तराईका केहि स्थानहरुमा हुस्सु/कुहिरो लागिरहेको पनि महासाखाले जनाएकाे छ।

 

 आज प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने बताइएकाे छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छभने राती प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

भाेलि अर्थात शुक्रबार दिउँसाे प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । रातमा पनि प्रदेश नं १, बागमति प्रदेश, गण्डकी प्रदेश सहित सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

यसैगरी शनिबार दिउँसाे देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना देखिएकाे छ । यस्तै देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना देखिएकाे छ।

 

देशको उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना देखिनुका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना देखिएकाे हुँदा समयमै आवश्यक सतर्कता अपनाउन माैसम पुर्वानुमान महासाखाले  अनुरोध छ।

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्

ताजा समाचार

याे सामग्री सेयर गर्नुहाेस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहाेस्